Bhajan LyricsNepali Bhajan Lyrics

आज राधा कहाँ गईन – Aaja Radha Kaha Gayin – Nepali Bhajan Lyrics

आज राधा कहाँ गईन

आज राधा कहाँ गईन् कृष्ण की शरणमा ।
कृष्ण को सुन्दर वंशी बज्यो वृन्दावन मा भनी कृष्ण मनैमा,
बाँसुरी कहाँ बज्यो वृन्दावन ।

कृष्ण को जन्म भयो कारागारभित्र ।
माता पिता खुशी भए रहे एकै चित्त ।
आहा कृष्ण मनैमा

यमुना को निलो पानी कृष्ण नुहाउने ।
शिरम मुकुट हातमा वंशी अति सुहावने ।
आहा कृष्ण मनैमा

सौह हजार गोपीनि त नुहाउन भनी पसे ।
कृष्ण काले साडी लुकाई रुखमा चडी बसे ।
आहा कृष्ण मनैमा

देउ देउ कृष्ण साडी पाप लाग्छ भारी ।
सूर्यजीको दर्शन गरे अनि दिउँला साडी ।
आहा कृष्ण मनैमा

कृष्ण के भजन हामी रमाई रमाई गाउँछौं ।
भजनको प्रतापले मुक्ति चाँडै पाउँछौं ।
आहा कृष्ण मनैमा

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
error: Content is protected !!
%d bloggers like this: