Bhajan LyricsNepali Bhajan Lyrics

जो सुख मिल्दछ – Jo Sukha Mildachha – Nepali Bhajan Lyrics

जो सुख मिल्दछ

जो सुख मिल्दछ हरिभजनमा, त्यो सुख त्रिभुवनमा छ कहाँ।
अन्तर्मन यो शीतल पार्ने मधुर सुधारस अन्त कहाँ ??
जो सुख…

जति जति बाहिर दौड लगायो सुखको छाया मात्र हुने।
धन बल वैभव जति जुटायो मनको तलतल मात्र हुने।
पूर्ण शान्ति को सुखद छहारी, सतसङ्गतविना अन्तकहाँ ?
जो सुख….

ममता मोहक जाल फिजाउँछ, भोजगत् मै नित्य डुली।
मदले अन्तर मलिन बनाउँछ, जीवन को शुभ सार भुली।
भट्किरहेको विचरो प्राणी, भेटतछ मङ्गल अन्त कहाँ ??
जो सुख…..

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: