Bhajan LyricsNepali Bhajan Lyrics

कृष्ण मुरारी – Krishna Murari – Nepali Bhajan Lyrics

कृष्ण मुरारी

कृष्ण मुरारी सुदर्शन धारी मुरली बजाउने तिमी कहाँ छौ

मध्य रातमा मथुरा छोडी, वसुदेव देवकी का बन्धन तोडी
वर्षाको बाढी चरणले माडी यमुना गये प्रभु कहाँ छ
कृष्ण मुरारी सुदर्शन धारी मुरली बजाउने तिमी कहाँ छौ

बालक भए पनि एक्लै फगत, चकित पार्ने सममस्त जगत्।
दुध चुस्ने निहुँले पूतनाको रगत, क्षमा सुकाउने तिमी कहाँ छ।
कृष्ण मुरारी सुदर्शन धारी मुरली बजाउने तिमी कहाँ छौ

कदमको बोटमा लुकायौ सारी, दर्शन दिन आउ न मुरारी।
गोपको लागि गोबर्धन धारी मुरली बजाउने कृष्ण कहाँ छौ ।
सत्य असत्य विचारी लिन्छौ ? साँचो भक्तलाई तुरुन्तै चिन्छौ ।
दुर्योधन की मेवा त्यागी विदुर का साग रुचाउने तिमी कहाँ छौ ॥
कृष्ण मुरारी सुदर्शन धारी मुरली बजाउने तिमी कहाँ छौ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: