Bhajan LyricsNepali Bhajan Lyrics

जाऊँ न जमुना – Jau Na Jamuna – Bhajan Lyrics

जाऊँ न जमुना

जाउँ न जमुनामा पानी भरौ न।
लमकी लमकी हिंडन छिटो
सुन त बंशी बजेको मीठो॥
जाउन जमुनामा पानी……..

कृष्ण पनि हराइगए कदम्ब गाछि मुनी
सखी कदम्ब गाछि मुनि।
जल्दै गर सखी तिमी आउछु म पनि
सखी आउँछु म पनि॥
आज मेरो गाई हेर्ने पालो।
कृष्ण लाई पठाईदेउ गोठालो ॥
जाउन जमुनामा पानी………..

सोर सय गोपिनीलाई वंशीले भुलायौ।
श्याम वंशीले भुलायौ।
राधा सहित मोहित पारी रास रचायौ,
श्याम रास रचायो।
पशुपतीमा चार ढोका चाँदिका।
कृष्ण जी लाई मन पर्ने राधिका ॥
जाउन जमुनामा पानी………..

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: