Bhajan LyricsNepali Bhajan Lyrics
नन्द बाबा ज्योतिष – Nanda Baba Jyotisi – Nepali Bhajan Lyrics
नन्द बाबा ज्योतिष
नन्द बाबा ज्योतिष बोलाउन, घनश्यामको दिन दशा हेराउन ।
बाँच्न थियो बचाउ थियो आपत थियो काम,
वसुदेव का पुत्र लाई राख्नु थियो नाम ।
नामकरण गर्नलाई गर्ग ऋषि डाके.
होड चक जुराएर कृष्ण नाम रखे ।
नन्द बाबा….
कृष्ण जन्म भयो प्रभु कृष्ण जन्म भयो,
आकाश माथि स्वर्गबाट पुष्प बृष्टि भयो।
गोकुल की बाल की प्राण बच्यो तब,
बाल बच्चा हर्षमानी भेला भए सब।
नन्द बाबा..
हर्ष मानी नन्द बाबा यशोदा जी आए,
नातागोता इष्टभित्र सबै भेला भए।
पिता भए वसुदेव देवकी हुन् आमा,
रोहिणीका पुत्र भए दाज्यू बलराम ।
नन्द बाबा…