Bhajan LyricsNepali Bhajan Lyrics

भज नारायण सज्जन हो.. – Bhaja Narayan Sajjan Ho – Nepali Bhajan Lyrics

भज नारायण भज नारायण

भज नारायण भज नारायण, भज नारायण सज्जन हो ।
मर्न छ निश्चय भोलि कि पर्सी यही छ सहारा उस दिनको 1।
जबतक धनको लाउँछ धारो,तबतक सबले मान्छ पियारो ।
वृद्ध हँदा जब बल टूटि जाला
बन्ला घरमै सबको हाला । भज नारायण,

गीता अलिकति जो पढी लिन्छन्,
अलिकति गंगाजल नीलि दिन्छन् ।
प्रभुको पूजन जो जन गर्छन
किन ती यमका बसमा पर्छन्?।। भज नारायण…..

देह विचारा गलिगो सारा
लौरो भो पर सर्न सहारा |
केश फूल के दाँत झरेका
सब छन आशै तर्फ गिरेका || भज नारायण….

खेल्दै बितिगो बाल्यावस्था
तरुणी तिर गो तरूणावस्था ।
वृद्ध भएपछि चिन्ता लेला
हरिकन भजने कुन हो बेला || भज नारायण..

अनि पनि जन्मन् अनि पनि मर्न
अनि पनि गर्भ तिर गै पर्नु ।
अब ता प्रभुजी पार लगाउ
यो भवसागरबाट उठाउ || भज नारायण…

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: