Bhajan LyricsNepali Bhajan Lyrics
हरि आउनु भो वनमाला लाएर – Hari Aaunu Bho Vanmala- Nepali Bhajan Lyrics
हरि आउनु भो वनमाला लाएर
हरि आउनु भो वनमाला लाएर ।
म त खुशी छ दर्शन पाएर ।।
जहाँ हुन्छ श्रीहरिको कीर्तन र सेवा ।
त्यहीं हन्छन बर-पिपल कदली र मेवा,
हरि बसन यो मेरो मनैमा ।
मलाई हिँडाउन धर्म बाटैमा ।।
हरि…..
जहाँ हुन्छ श्रीहरिको कथा भजन कीर्तन ।
त्यही हुन्छ परमात्मा स्वरूपको दर्शन ।
हरि बसन, यो मेरो मनैमा ।
मलाई पुर्याउन वैकुण्ठ धामैमा ।।
हरि….
वैकुण्ठको झिली-मिली दर्शन गर्न देउ न ।
शरण परें नारायण शरणमै लेउन ।
एक क्षण बिसाउन, बर-पिपल छाँया ।
मजस्ताको छुटाउन संसारको माया ।।
हरि….
वैकुण्ठमा जानु पर्ने विरजा नै तरी ।
नौका हामो अर्को छैन नारायण सरी ।।
हरि आउनु भो वनमाला लाएर ।
म त खुशी छु दर्शन पाएर ||