Bhajan LyricsNepali Bhajan Lyrics
जिन्दगीको केही छैन भर- Jindagi Ko Kehi Chaina Bhara- Nepali Bhajan Lyrics
जिन्दगीको केही छैन भर
जिन्दगीको केही छैन भर
नारायणको शरणमा लौ पर ।।२
नारायणको कृपा नभै मुक्ति पाइदैन
वैकुण्ठमा जाने असल बाटो भेटिदैन ।
नारायणको गरौं न चिन्तन
संसारको छाडेर गन्थन ।।
जिन्दको…………
शबरी के झुपडीमा राम आफैं गए
श्री कृष्ण ने सुदामा को कनिका नै खाए ।
भजौं सबले मिलेर राम का नाम
राधे कृष्ण गोविन्द गोपाल श्याम ||
जिन्दगीको…….
अभिमानले चौरासीमा ज्ञानले मोक्षधाममा
बाचुन्जेल संसारमा सकिदैन काम ।
जपौं सबले मिलेर कृष्ण नाम
आखिरमा गोलोक जानलाई ।।
जिन्दगीको……………
नाता गाँसौ भगवान के पावन चरणमा
एक्लै आउनु एक्लै जानु केही जान्न साथमा ।
नारायणको गरौं न भजन
सत्संग लागौं है सज्जन ।।
जिन्दगीको केही छैन भर
नारायणको शरणमा लौ पर ।।२