Bhajan LyricsNepali Bhajan Lyrics

हृदयमा सजाउँछु आँखामा लुकाउँछु- Hridaya Ma Sajau Chu- Nepali Bhajan Lyrics

हृदयमा सजाउँछु आँखामा लुकाउँछु।

हृदयमा सजाउँछु आँखामा लुकाउँछु।
मेरो कृष्णलाई मेरो श्यामलाई ॥

दिनरात साँझ बिहान तिम्रै भजन गाउँछ।
तिम्रो दिव्य मुहार सम्झी आँशु झारी रुन्छ।
दिप मनोहर बाली आरती म गाउछु ।
मेरो कृष्ण लाई….

तिमीलाई नै सम्झिसके हृदयको देव ।
जन्म जन्म पर्खिरन्छु आउन मेरो देव ॥
फूलै फूल देख्छु कि त मन्दिरमा भेट्छु।
मेरो कृष्ण लाई….

तिमी विना कोही छैन मेरो सहारा।
डुब्न लागि सके प्रभु लगाउ किनारा ॥
दहि दूध माखनको भोग लगाउँछु ।
मेरो कृष्ण लाई मेरो श्यामलाई ॥
हृदयमा वसाउँछ..

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: