Bhajan LyricsNepali Bhajan Lyrics
Hari Bhajan Garau Na Sathi | हरि भजन गरौं न साथी | SRD- Bhakti Nepali Bhajan Lyrics
बोलः हरि भजन गरौं न
हरि भजन गरौं न साथी
जिन्दगीको केइ छैन भरोसा ।।
दुई दिनको जिन्दगानी कर्कलाको पानी।
आज भोली भन्दा भन्दै दिन आफ्नै जाने ।। हरि भज…..
कमाएको सम्पत्ति त्यो लाख करोड़ पनि ।
छाडी जानु
पर्ने रैछ पृथिवीको मुनी ।। हरि भजन…..
मरी जाँदा साथमा लाने धर्म पाप दुवै ।
सुख दुःख भोग्नै पर्छ हॉस्दै कैले रूँदै ।। हरि भजन…..
कस्तो राम्रो प्रेम थियो पति-पत्नी हँदा ।
सुनी दिने कोही छैनन् एक्लै आज रूदा ।। हरि भजन .
माता पिता दाजु भाइ बन्धुहरू सारा ।
छोरा छोरी पति-पत्नी जीवितका प्यारा || हरि भजन …
शरीरात प्राणवायु निक्लो हर हर ।
माया त्यागी बन्धुहरू सर्छन् पर पर ।। हरि भजन ….
कलियुगमा हरि-कीर्तन ठूलो धर्म मानी।
यै धर्म र इश्वरले पार गर्छन जानी ।। हरि भजन
हरि भजन गरौं न साथी
जिन्दगीको केइ छैन भरोसा ।।