Bhajan LyricsNepali Bhajan Lyrics
Gokul khoje mathura koje paena hari lai | गोकुल खोजें मथुरा खोजें पाइन हरिलाई । Srd- Bhakti [Bhajan lyrics]
गोकुल खोजें मथुरा खोजें
गोकुल खोजें मथुरा खोजें पाइन हरिलाई ।
हे नटवर । वंशीधर । साथै म लेउ राधालाई ॥
यमुनाको नीलो पानी कृष्ण नुहाउने ।
हातमा वंशी शिरमा मुकुट कत्ति सुहाउने ॥
गोकुल…
गोकुलमा गाई हेर्दा साथीहरू साथमा ।
मुकुटमा मयूर पंख वंशी लिने हातमा ।।
गोकुल…..
सोह्र सये गोपिनीलाई लिई हिड्ने वनमा ।
गोपिनीलाई मोह पार्ने मुरलीको तानमा ।।
गोकुल…..
पानी बिच गजलाई ग्रहण पार्यो फेला ।
हरि हरि भज्न लाग्यो गजेन्द्र त्यो बेला ।।
गोकुल…..
पर्ख पर्ख भन्दै यहाँ अति मूर्ति साथ ।
गरुडमा सवार भयो विश्व-जगन्नाथ ।।
गोकुल…….