Bhajan LyricsNepali Bhajan Lyrics
Yogiraj Bhagwanka Sisya Hami Hau – Nepali Bhajan Lyrics योगिराज भगवानका शिष्य हामी हौं –
योगिराज स्वामीजी भजन
योगिराज भगवानका शिष्य हामी हौं,
आनन्दले भक्ति गर्दै प्रेमरूपले नाच्दै गाउँ।
पहिलोपल्ट सवारी भो भूभार हर्न
पाल्नु भयो दोस्रो पल्ट धर्म स्थापन गर्न,
योगिराज भगवानका…
कृपा भयो पितृमाथि तेस्रो चरणमा
यस पालि त भक्तवत्सल कृष्णजीका रूपमा।
दर्शन दिन सबैलाई सर्वसुलभ रूपमा।। योगिराज भगवानका…
पहाड भित्र जन्मिएछौं गोपगोपी हामी
गर्भवास रहेका थ्यौं वृन्दावनका जानी,
योगिराज भगवानका…
लालीगुराँस फूल छौं अर्पित् चरणमा
यसपाली त कृष्णजीका गोपगोपी रूपमा।
वैकुण्ठको बाटो जान दासदासी रूपमा।। योगिराज भगवानका…
“तस्मै श्री गुरवे नमः”।