Bhajan LyricsNepali Bhajan Lyrics

“साना साना हरि आएबनी वामन” – Sana Sana Hari Aayay Bani Baman(na)

“साना साना हरि आएबनी वामन”

साना साना हरि आएबनी वामन
दर्शन गर्छौ फुल चढाई तिम्रो शरण
साना साना………

साना आँखा साना कान सानै चरण
गर्छौ प्रभु मनमा सम्झी तिम्रो भजन
साना साना………

एउटा हातमा कमण्डल छ अर्को हातमा छाता
चरणमा खराउ छ पिताम्बर माथा
साना साना………

पिताम्बर धारी प्रभु रुप साह्रै राम्रो
बैकुण्ठमा जाने इच्छा पुर्याई देउ हाम्रो
बलिकामा जानु हुन्छ ब्रम्ह रुप हरी
बलिराजा पुजा गर्छन मन भरि भरि
साना साना………

सुतल लोकन गई प्रभु द्वारपालबन्छन्
त्यसै कारण भक्तवत्सल प्रभुलाई भन्छन्
जित भई इन्द्राजीत स्वर्गा लोक गए
हारे पनि राजाबली भक्त प्रवर भए
साना साना………

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: