AaratiBhajan LyricsHindi Bhajan LyricsNepali Bhajan Lyrics

Om Jai Jagadisha Hare Aarati in Hindi|Nepali

ॐ जय जगदीश्वर हरे

ॐ जय जगदीश हरे प्रभु जय जगदीश हरे।
प्रभूका चरण उपासक कति कति पारे तरे ॥ ॐ….

मनको थाल मनोहर प्रेम रुप बाती ।
भाव कपुर छ मंगल आरती सब भाँती ॥ ॐ….
नित्य निरंजन निर्मल कारण अविनाशी ।
शरणागत प्रति पालक चिन्मय सुखराशी ॥ ॐ..
सृष्टी स्थीती लय कर्ता त्रिभूवनका स्वामी
भक्ती सुधा वर्षाउ शरण पर्प्यौं हामी ॥ ॐ..
आसुर भाव निवारक तारक सुखदाता ।
गुण अनुरुप तिमि हौ हरीहर औ धाता ॥ ॐ..
युग युग पालन गर्छौं अगणित रुप धरी।
लिलामय रस विग्रह करुणा मूर्ति हरी ॥ ॐ…
समता शान्ति प्रदायक सज्जन हितकारी ।
चरण शरण अव पाउँ प्रभु भव भय हारी ॥ ॐ…
भाव मनोहर देउ साधक फलदायी।
जिवन धन्य बनोस् प्रभु पद सेवा पाई ॥ ॐ…
संयम सुर सरिताको अविरल धार बहोस् ।
जतिजति जन्म भएपनि प्रभुमा प्रेम रहोस् ॥ ॐ….
प्रेम सहित शुभ आरती जसले नित्य गर्यो।
दिन दिन निर्मल बन्दै त्यो भव सिन्धु तयो ॥ ॐ….

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: