Bhajan LyricsNepali Bhajan Lyrics
Hey Krishna Malai Mitho Bamsi Sunai Deu Na
कृष्ण राधा युगल गीत
राधा – हे कृष्ण मलाई मीठो वंशी सुनाई देउन
कृष्ण – तिमीलाई मात्रै होइन त्रिलोक थर्काइ दिउला
राधा – कसरी बंशीले त्रिलोक थर्काई दिन्छौ, तपस्वी ध्यानीको आसन जगाई दिन्छौ ।
कृष्ण – बंशीको महिमा बुझ्दिनौ तिमी राधा, योगी र ध्यानीको ध्यानमा पर्छ बाधा।
राधा– बाँसको टुक्राको महिमा के पो हुन्छ, हामीले सिवाय अरुले कहाँ सुन्छ ।
कृष्ण – इन्द्रादी देवता सवको सेखी झार्छ, ब्रह्मादी त्रिदेव मोहित यसले पार्छ ।
राधा – सुरीलो तानको मोहीनी कस्तो राज, सुनरे यी कुरा चकित भए आज ।
कृष्ण – हे प्यारी बंशीले सवैलाई डाकी ल्याउँछ, जजस्ले यो सुन्छ त्यसले मुक्ती पाउँछ ।