Bhajan LyricsNepali Bhajan Lyrics
बाँसुरीको धुन सुनेर आयौं हामी दैलो थुनेर Basuri Ko Dhun Sunera Nepali Bhajan Lyrics
बाँसुरीको धुन सुनेर…आयौं हामी दैलो थुनेर
बाँसुरीको धुन..
गोकुलमा छौ की तिमी मथुरामा छौ की…
घर घर दौडी दौडी माखन खाँदै छौ की
कति बसौं तिमीलाई सम्झेर (x2) (आयौं हामी दैलो थुनेर ।)
बाँसुरीको धुन…
भोक पनि छैन मलाई निन्द्रा पनि छैन
रनवन खोजी सकें कतै भेटिंदैन ।
दर्शन तिम्रो पाउँछु भनेर (x2) (आयौं हामी दैलो थुनेर ।)
बाँसुरीको धुन…
आज सम्म खोज्दा खोज्दै जीवन विति सक्यो
भक्ति गर्छु भन्दा भन्दै कालले जिती सक्यो
शरणागत् हुन्छु भनेर (x2) (आयौं हामी दैलो थुनेर…)
बाँसुरीको धुन..