Bhajan LyricsNepali Bhajan Lyrics

रामलाई अघि – Ram lai Agi – Nepali Bhajan Lyrics

रामलाई अघि

रामलाई अघि म लाउँला
रामकै पछि म जाउँला
राम राम भन्दा भन्दै पार तरौला
रामलाई …………

कस्ता कस्ता मानिसहरु सम्पतिमा हराउने
भजन कीर्तं गरौ भन्दा परै डराउने
रामलाई …………

मिली जुली भजन गरौँ आउ सबै साथीहो
भगवानलाई मनपर्ने भक्तजन हो
रामलाई …………

रामको भजन गर्न सँधै भननु हुन्थ्यो आमाले
हाम्रो सबै दुःख हर्छन उनै रामले
रामलाई …………

सीता राम भगवानलाई पुस्पमाला चढाउँला
सीताराम भन्दा भन्दै प्राण छाडौला
रामलाई …………

बैकुणठमा जानुपर्छ रामकै नाम लीएर
चौरासीमा नजाउ अब फेरि फर्केर
रामलाई …………

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: