Bhajan LyricsLibraryNepali Bhajan LyricsNepali DocumentsSanskrit Documents

शरणागतले रहनु यसरी – Saranagata Lay Rahanu Yesari [Saranagati]

शरणागतले रहनु यसरी

शरणागतले रहनु यसरी हरिकै सव हुन् म पनि हरिकै । २

मनहोस् हरिका गुण चिन्तनमा, कर लागिरहून् पदसेवनमा
शिर यो हरिका पदपङ्कजमा अनि नेत्र रमून् हरि दर्शनमा ।।
शरणागतले ……..

अनि वाणी पनि हरि वर्णनमा दिनरात निरन्तर लागिहोस् ।
रसरेन्द्रिय यो हरिकै रसमा नित लागिरहोस त्यजि सर्वरस ।।
शरणागतले ……..

प्रभुका पदका तुलसी दलमा, अब नाक बनोस् व्यसनी यसमा,
पद जाइ रहून् हरि मुदिरमा, प्रभुको गुण कीर्तन हुन्छ जहाँ ।
शरणागतले ……..

प्रभुका वशमा सब छौं नर हो, हरि कै परतन्त्र बनौं न अहो,
मणि हौं हरिका उरका सव नै, अब रवच्छ बनौं न बनौं अरू झैं ।
शरणागतले ……..

अरू को छ रक्षक जानु कहाँ, सब छन् अरू बन्दन आपसमा
किन जीवन व्यर्थ बिताउँनु है, हरि कै भरमै सब बस्नु छ है ।
शरणागतले ……..

अरू कर्महरू सब जे जति छन्, प्रभु कै अनुकूल बएर गरौं
भवमा अरू के छ र गर्नु यहाँ, शरणागत भै सब पार तरौं ।
शरणागतले ……..

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: