अर्चिरादिमार्ग कविता । श्रीनारायँ वेद विद्या भमवान, मेरा पिता हुन् हरि । Sri narayana veda vidya bhawan mera pita hun hari
अर्चिरादिमार्ग कविता
श्रीनारायण वेद -विद्या भगवान, मेरा पिता हुन् हरि ।
आमा हुन् हरि बल्लभा भगवती, लक्ष्मी पराधीस्वरि ।।
मेरा वान्धव हुन् विकार विजयी, श्रीनाथका किङ्कर ।
श्री ज्योतिर्मय दिव्य विष्णु पद हो, वैकुण्ठ हाम्रो घर ।।
श्री वैकुण्ठ पुर्व धाम बिराज पारी निकै सुन्दर ।
श्री लक्ष्मी जननी पिता हरि उनै, त्यो दिव्य हाम्रो घर ।।
सारा सृष्टि परै सुगन्ध नगरी, आनन्दको सागर।
लक्ष्मीनाथ पधारा विन्द रसमा, हे! भृङ्ग रम्ने गर ।।
पुगी माया पारी, अमर विरजा नीर्मल नदी ।
तरी पारी जाँदा, अमृत जलको दिव्य सरसी ।।
अजै लाखोँ योजन्, पर छ सुनको सुन्दर पुरी ।
महा श्रीवैकुण्ठम्, बहुत बडिया दिव्य नगरी ।।
सफा सुन्दर् दरवार्, कनकमय शोभा धरणिको ।
महा मण्डप् खासा, बहुत बडिया दिव्य मणिको ।।
अनन्तैको शैय्या, उपर पद मेरो धन भनी ।
गरौँला हे स्वामी, टहल कहिले किङ्कर बनी ।।
नजानी मायाको, वसपरि गरी पाप बहुतै ।
सधैँ त्यै चौरासी, घुमि घुमि खपे आपत खुबै ।।
परेँ पाऊ आमा, नयन करुणाको अब खिलोस् ।
सदा आचारीकै, पद कमल सेवा पनि मिलोस् ।।
हे नाथ! संसार महाँ बसेको, संसारको दु:ख खपीरहेको ।
बालक् चरणको अति दुःख पाई, पर्छु शरणमा भनि रुन्छ आई।।
जाऊन् कहाँ पुत्रहरु रमाई, माता पिताका सँगमा नआई ।
वास्तै नराखी कन निष्ठुरीभै, त्यागी दिँदामा पनि खोजी गर्दै ।।
आएछ हे नाथ! पिता ठम्याई, ली वक्सियोस् काखमाँ रमाई ।।
देवनायक गुरूजी