Bhajan LyricsNepali Bhajan Lyrics

जाउन जमुनामा – Jau Na Jamuna – Nepali Bhajan Lyrics

जाउन जमुनामा

जाऊंन जमुना म पानी भरन, हो सखी पानी भरन ।
लपकि लपकि हिंडन छिटो, सुनको वंशी बजेको मीठो । जाउन.

कृष्ण पनि हराई गए कदम गाछ मुनि, कदम गाछ मुनि,
जादै गर सखी तिमी आउँछ म पनि, सखि आउछ म पनि ।
आज मेरो गाई हेर्ने पालो, कृष्ण लाई पठाइदेउ गोठालो। जाऊन.

सोलसय गोपिनीलाई वंशीले भुलायो श्याम, वंशीले भुलायो,
राधा सहित मोहित पारि रास रचाया श्याम, रास रचायौ ।
रङ्गजीमा चार ढोका चाँदी का, कृष्णजीलाई मन पर्ने राधिका । जाउन…

कृष्ण काले रास रचाये राधालाई भुलाऊं श्याम, राधालाई भुलाऊन,
राधा नांच्छिन कृष्ण संग आफ्नो मन भुलाऊं श्याम, आफ्नो मन भुलाऊं।
नाच्छ कृष्ण निर्धक्क भएर, राधाजीलाई साथैमा लिएर । जाउन..

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: