Bhajan LyricsNepali Bhajan Lyrics

नवविध संबन्ध भजन (Nawa Bidha Sambandha)

नवविध संबन्ध भजन

पिताच रक्षको शेषी भर्ता ज्ञेयो रमापतिः
स्वाम्याधारो ममात्मा च भोक्ता चाद्य मनूदितः ।।

नवविध सम्बन्ध बुझेर
जाउँ हामी विरजा तरेर । नवविध….

नवविध संबन्धको माला गाँसी गाँसी ।
नारायणलाई पहिराउँछु मुसु मुसु हाँसी ।२ । नवविध…..
जीवात्मा र भगवानको नौ संबन्ध हुन्छ ।
मूल मन्त्रका आठ अक्षरले अर्थ खुलाई दिन्छ । ३ । नवविध…..,

पिता पुत्र संबन्ध हो पहिला बुझिलिनु ।
ॐ कारको अकार बाट यो संबन्ध लिनु ।४ ।
जीव तत्व पुत्र भयो पिता नारायण ।
यो संबन्ध बुझाईदिने गुरू नारायण ।। ५ । । नवविध……

दोस्रो रक्ष्य रक्षक यो संबन्धलाई मान ।
जीव रक्ष्य नारायण रक्षक भनि जान । ६ ।
यो संबन्ध पनि दिन्छ अकारले हेर ।
गुरुबाट बुझिराखौं नत्र जान्छ खेर ।। ७ ।। नवविध……

लुप्त आय बसेको छ अकारमा आई ।
शेष शेषी तेस्रो भाव यसले दिन्छ भाई ।८ ।
नारायण शेषी भए जीवभयो शेष ।
यो संबन्ध बुझि लिनु हुन्छ अति वेश ।। ९ ।। नवविध……

चौथो भाव भर्तृ भार्या सम्बन्धलाई दिन्छ ।
गुरूबाट मन्त्रार्थमा यो कुरा जानिन्छ । १० ।
उकारले भर्तृ भार्या पोल खोलिदिन्छ
जीव भार्या नारायण भर्ता वनाई दिन्छ ।। ११ ।। नवविध……

पाँचौं भाव संबन्धछ ज्ञातृ ज्ञेय फेरी ।
ॐ कारको मकारबाट बुझ्नु अर्थ हेरी । १२ ।
ज्ञाता भयो जीव तत्व ज्ञेय स्वयं हरी ।
आचार्यले दिनुहुन्छ यस्तो अर्थ गरी ।। १३ ।। नवविध……

छैटौं भाव संबन्धछ स्व र स्वामि भन्ने ।
नारायणको नार पद्मा यो अर्थलाई जान्ने । १४ ।
स्व मा परो जीव तत्व स्वामि नारायण ।
यो स्वरूप बुझाई दिने गुरू नारायण ।। १५ ।। नवविध……

आधार र आधेय यो सातौं भाव अर्को ।
नारायण पदबाट बुझौं सन्सार भर्को ।१६ ।
नारायण आधार हुन् आधेय जीव तत्व ।
आचार्यको कृपा भए बुझिन्छ यो तत्व ।। १७ ।। नवविध……

शरीर र आत्म भाव रैछ अर्को आठौं।
यो सम्बन्ध मनन् गरी भवबाट उठौं । १८ ।
जीव भयो शरीर यो आत्मा स्वयं हरि ।
नारायण पदले दिन्छ अर्थ झोली भरी ।। १९ ।। नवविध……

भोक्ता भोग्य संबन्ध छ नवौं भाव हाम्रो ।
व्यक्त आय शब्दबाट अर्थ मिल्छ राम्रो । २० ।
भोक्ता भोग्य संबन्ध चैं दुवै तर्फ मिल्छ ।
जीवात्मा र ईश्वर लाई दुवै तर्फ लिन्छ ।। २१ ।। नवविध……

श्री केशवाचार्य स्वमीजी (अत्रि) (अमेरीका)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: