Bhajan LyricsNepali Bhajan Lyrics
वंशी मीठो कृष्णले – Bamsi Bajaudai Krishna – Nepali Bhajan Lyrics
वंशी मीठो कृष्णले
वंशी मीठो कृष्णले बजाको, वृन्दावन मा त्यो रास रचे की,
वंशीवालेको ख्याल माया लाग्दैन हो कृष्ण कालेको ।
सुदर्शनधारी कृष्ण मुरारी पीताम्बर लाएको ।
शिरमा मुकुट वैजयंती माला क्या राम्रो सुहाको
भजन गाउँ श्रीकृष्ण प्याराको,दुःख हर्छन् भक्तजन साराको
वंशीवालेको ख्याल माया लाग्दैन हो, कृष्ण काले को ।
वंशी मीठो ….
श्रीवृन्दावन में गाई चराउदै बाँसुरी बजाके
के भुल्न सक्थ्यौं छम छम गरी राधा नाचेको ॥
पानी मीठो यमुना नदी को, भजौं नाम राधा र कृष्ण को,
वंशीवालेको, ख्याल माया लाग्दैन हो कृष्ण कालेको ॥
वंशी मीठो.. ..