Nepali Documents

Garbha Stuti in nepali / गर्भस्तुति / SRD

     श्रीमते रामानुजाय नमः
        ।। गर्भस्तुति ।।

श्री कृष्णको दिव्य कृपाहुनाले
सम्झी हजारौं जुनि आत्तिनाले ।

सात् मासको बालक गर्भभित्र 

जोडी दुबैहात रुँदै पुकार्छ ।

हेनाथ! यो गर्भ विषे मलाई
डाहा भयो लौन हरे! दुहाई ।

पोल्यो कडा अग्नी बली उदर्मा
दुःखी भई रुन्छु हरे! विशुर्मा ।

श्रीनाथ! नारायण! चक्रधारी!
क्वै छैन मेरो अरु हे मुरारी! ।

त्यो तत्त्व बाहेक विवेक गर्ने
साथै बसी दुःख र ताप हर्ने ।

माता पिता बान्धव सद्गुरु र
एेश्वर्य विद्या अरु इष्टमित्र ।

मानिन्छ मेरो जति अन्त अन्त
अाचार्य रुपी प्रभुनै अनन्त ।

अज्ञानले यो नबुझेर नाता
सम्झी अरूलाई पिता र माता ।

संसारमा धेर घुमेछु हाई
चौरासी लाखै जुनिमा रमाई ।

भारी विपत् पर्नगयो मलाई
चौरासी लाखै जुनि घुम्नलाई ।

क्याहो कताहो कतिहो कसोरी
कुन्कर्म हो दुःख दिने यसोरी।

विचार केही नगरी कुचाल्मा
घुम्दै परीयो दृढ बन्ध जाल्मा ।

साह्रै कुकर्मी भइ वेरवेरै
पर्दैछु यो गर्भ विषे घनेरै ।

क्वैछैन हेनाथ सहाय अर्को
बल्दोछ दन्की जठराग्नि चर्को ।

कुक्रुक्क डल्लो परि हा! रुँदैछु
दन्केर अागो उठि पिल्सिदैछु ।

हालेर थैलो बिच बन्द पारी
अान्द्राहरूले कसि हे मुरारी ।

मानीसको देह महा पसाली
कस्ले दियो कुण्ड महाखसाली ।

पाएँ ठुलो अापत वेरवेरै
कीराहरू क्रुद्ध भई घनेरै ।

रोप्ता हरे दुर्धर तीक्ष्णभाला
खप्नै नहूने गरि पोल्छ छाला ।

तातो र पीरो जननी रमाई
खान्छिन् जसै हा! अघिको कमाई ।

पोलेर सारा जिउ चर्कनाले
तुरून्त मुर्छा हुन जान्छु कैले ।

चल्दो हुरी हर्दम हे मुरारी !
रिसाइ अत्यन्त वहन्छ भारी ।

एकत्र संस्था नभएर नाथ!
हल्ली रहन्छु अति कष्ट साथ ।

बिष्ठा रगत् मूत्रहरू गन्हाई
दुर्गन्ध खप्नै नहुनेछ हाई ।

कैह्ले निकाली दिनुहुन्छ नाथ!
यो गर्भरूपी नरकाब्धिबाट ।

मरेँ मरेँ लौन हरे! मुरारे!
श्री नाथ! नारायण! चक्रपाणे! ।

मेरो कुनै छैन शरण् जगत्मा
स्वामी बिना रक्षक अन्तरात्मा ।

अष्टाङ्गले वन्दन गर्छु नाथ!
पाऊ परी रुन्छु म दुःख साथ ।

लौलौ बचाई दिनु होस राम
शरण् परेँ आर्तबनी निकाम ।

छोडी बुबाको करुणार्द्र पाऊ
अन्यत्र जाने अब छैन दाऊ ।

छोडेँ सबै बन्धु र इष्ट मित्र
स्वामी बिना हे शरणार्थि मित्र! ।

ती नाथका भक्त र नाथ फेर
अााचार्यको भक्ति गरेर धेर ।

उद्धार यो चेतनको गरौँला
सर्वस्व छोडी पदमा परौँला ।

संसार तर्नेछ उपाय सत्य
श्रीपादसेवा हरि भक्ति नित्य ।

हे शुद्ध सत्वात्मक रूप राम
वात्सल्य सौशील्य गुणैकधाम ।

खाएँ कसम् निश्चय श्रीनिवास
जानेर नारायणदासदास ।

राखेर मन्भित्र सदा रमाई
त्यो दिव्य चिन्हाङ्कित पाउलाई ।

गर्दै महात्माहरुको सुसंग
त्यागीदिनेछु अरुको कुसङ्ग ।

गर्नेछु किङ्कर बनि दास्यवृति
देखी महात्माहरुको प्रवृति ।

छुट्टी मिलेमा हरि नाम जप्तै
संसारको दुःख अनन्त खप्तै ।

उद्धार धेरै जनको गरौँला
अाचार्यको बन्धनमा परौँला ।

श्रीकृष्ण! गोविन्द! हरे! मुरारे
हेनाथ! नारायण! वासुदेव ।
स्वामी गोविन्दाचार्य

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
error: Content is protected !!
%d bloggers like this: