Bhajan LyricsNepali Bhajan Lyrics

गुरु बन्दना – गुरु माता पिता – Guru Mata Pita Lyrics

गुरु बन्दना

गुरु माता पिता गुरु बन्धु सखा
तिम्रो चरणमा स्वामी मेरो कोटी प्रणाम।

प्रियतम तिमी प्राणनाथ तिमी
तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम ॥

तिमी भक्ति हौ तिमी शक्ति हौ
तिमी मुक्ति हौ मेरो प्यारो कृष्ण

तिमी प्रेरणा तिमी साधना
तिमी आराधना मेरो प्यारो कृष्ण

तिमी प्रेम हौ तिमी करुणा हौ
तिमी मोक्ष हौ मेरो साम्ब प्यारो कृष्ण

गुरु माता पिता गुरु बंधु सखा
तिम्रो चरणमा स्वामी मेरो कोटी प्रणाम॥
गुरु के चरण ..

गुरुकै चरण मेरो काशी प्रयाग
सदा चरणको बास मिलोस

ब्रजरासको मुरली धुन त्यो
मनमा सदा मेरो गुञ्जिरहोस।
गुरु के चरण.
गुरुकै चरणको चरणामृतले

सकल शरीर यो भिजिरहोस्
कृष्ण नामको माला जपी जपी
अन्त्य समयमा प्राण छुटोस्
गुरु के चरण मा.

प्रेमको वाती बन्न सकुँ प्रभु
ज्ञान ज्योति बली रहोस्
भक्त हामी प्रभुचरणको दासी
कृपा दृष्टि सदा रहिरहोस्
गुरु के चरण……….

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: