Bhajan LyricsNepali Bhajan Lyrics
श्रीविष्वक्सेन प्रथमाचार्य – Bikshwak Sena Bhajan Lyrics
श्रीविष्वक्सेन प्रथमाचार्य
श्रीविष्वक्सेन प्रथमाचार्य, शरणागतका रक्षक स्वामी ।
भवभय भंजन विघ्नविनाशक, शरणागत छौं प्रभुका हामी
अष्टाक्षर श्रीमन्त्र दिएर, भक्तहरुमा ज्ञान जगाऊदै ।
तपत्रय शम दमादि नाशी, निर्मल मनमा भक्ति बडाऊदै ।
श्रीविष्वक्सेन..
पार्षद अधिपति पीताम्बरधारी, सूत्रवती स्वामी कृपा निधान ।
विश्व चराचर का प्राणी हरुमा, चरणामृत को राम्रो विधान ।
श्रीविष्वक्सेन…..
हामी अकिञ्चन दास हजुरका, शरणागत हो सेवा पाऊ।
जान्दैन केहि पनि पछौं चरणमा, श्रीविष्वक्सेन प्रभु कृपा बनाऊ,।
श्रीविष्वक्सेन…