Bhajan LyricsNepali Bhajan Lyrics

सपना झै संसार छ, भुल्नुनै बेकार छ- Sapana Jhai Sansar Cha- Nepali Bhajan Lyrics

सपना झै संसार छ, भुल्नुनै बेकार छ।

सपना झै संसार छ, भुल्नुनै बेकार छ।
सपना झै …………
नारायण नारायण, यही यौटा सार छ ।

अनित्य जीवन छ ममता भरिन्छ।
नाशवान शरीर छ भर पर्नु बेकार छ ।।
सपना झै ……

योग गर्ने शक्ति छैन छैन जप-ध्यान ।
कीर्तन लो खुशी भई प्यारो भक्त मान ||
सपना झै…

योग, यज्ञ प्रिय छैन, छैन प्रिय ध्यान ।
एकमात्र प्रिय यही नारायण नाम ।।
सपना झै ….

नाम शक्ति बराबर केही छैन जान ।
नारायण नारायण नारायण मान ।।
सपना झै संसार ,

सपना झै संसार छ, भुल्नु नै बेकार छ ।
नारायण नारायण, यही यौटा सार छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: