Bhajan LyricsNepali Bhajan Lyrics
tan man vachanle prabhu naam gau | तन मन बचनले प्रभु नाम गाउँ। SRD- Bhakti
तन मन वचनले
तन मन बचनले प्रभु नाम गाउँ।
हरे राम हरे कृष्ण भन्दै रमाउँ ।।
तन मन वचनले …….
पछी अग्निमा स्वर्ण चम्कन्छ धेरै
फसी मोहमा बढ्छ चाहना धेरै ।
त्यसैले प्रभु द्वन्द्व यो बुझ्न पाउँ
सधैं कृष्ण कृष्ण भनी दिन बिताउँ ।।
तन मन बचनले
सधैं फूल हाँस्दछ काँडामा झुल्दै
तिमी भित्रछौ खोजी हिंड्छु म इुल्दै ।
विपत्तिमा हाँस्ने म सामर्थ्य पाऊँ
हरे राम हरे कृष्ण भनि दिन बिताऊँ ॥
तन मन वचनले …..
म हँ बिन्दु भगवान तिमी सिन्धु मेरो
म हूँ दास तिम्रो तिमी स्वामी मेरो ।
म जास्तो छु जे छु अरु के भनाउ
सधै कृष्ण कृष्ण जपि दिन बिताउ ।
तन मन वचनले प्रभु नाम गाउँ ।
हरे राम हरे कृष्ण भन्दै रमाउँ ।।