Bhajan LyricsNepali Bhajan Lyrics
Shree Krishna Govinda hare murare | श्रीकृष्ण गोविन्द हरे मुरारे | SRD-Bhakti | New Nepali Bhajan Lyrics
श्री कृष्ण गोविन्द
श्रीकृष्ण गोविन्द हरे मुरारे,
हे नाथ नारायण वासुदेव ।
हे नाथ नारायण वासुदेव,
हे नाथ नारायण वासुदेव ।।
नारायण मेरो यही प्रार्थना छ,
न बिसौं कहिल्यै शुभ नाम तिम्रो ।
निष्काम भावले दिनरात गाँउ,
हे नाथ नारायण वासुदेव ।।
श्री कृष्ण गोविन्द ….
माता यशोदा हरिलाई बोलाउँछिन्,
जाग उठ मोहन नींद खोल ।
गाई रमाउँछिन् प्रभुलाई पुकार्छिन्,
हे नाथ नारायण वासुदेव ।।
श्री कृष्ण गोविन्द
देहान्त कालमा हरि सामुने हौ
वंशी बजाउँदै मनलाई भुलाउँदै ।
यही गीत गाउँदै तन नाथ त्यागुँ,
हे नाथ नारायण वासुदेव ।।
श्रीकृष्ण गोविन्द हरे मुरारे,
हे नाथ नारायण वासुदेव ।।