Bhajan LyricsHindi Bhajan LyricsNepali Bhajan Lyrics
Murali manohara shyama udayo| सज्जन हरु को शुभ-दिन आयो मुरली-मनोहर श्याम उदायो । Srd-Bhakti/Nepali Bhajan Lyrics
सज्जन हरुको
सज्जन हरु को शुभ-दिन आयो ।
मुरली-मनोहर श्याम उदायो ।
गोपीहरूका घर घर आयो ।
घर घुमी घुमी माखन खायो || सज्जन….
छल-बल दही दूध नौनी निकाल्यो ।
सब ब्रज-बालकलाई खुवायो || सज्जन…..
ठुमु ठुमु नटवर नाचन लाग्यो ।
मुखभरी माखन हासन लाग्यो || सज्जन….
माखन दही को ठेकी उठायो ।
वानर-वायसलाई खुवायो || सज्जन..
भाँची मदानी नेति चुंडायो ।
दूध दहीको मटकी फुटायो || सज्जन……
पोखी दही सब पोखरी पार्यो ।
ब्रजजन बालक मोह बनायो || सज्जन.
छ्यापी दियो दही नौनी लुटायो ।
गोपहरूको नाच नचायो ।। सज्जन…..
थपडी बजायो मुसु-मुसु हँस्यो ।
नटवर नागर नाचन लाग्यो ।।सज्जन……
मुरलीमनोहर लीला प्रभुको ।
गाउँ जनार्दन श्याम उदायो ।। सज्जन…
यो भवसागरबाट उतारी ।
देऊ मलाई शरण मुरारी ।। सज्जन…….