Dasa-Avatar Bhajan Nepali Lyrics| (Matsya, Kurma, Varaha, Narasimha, Vamana, Parashurama, Rama, Krishna, Buddha, and Kalki |
दशावतार
जय नारायण जय नारायण जय नारायण राम हरे ।
जय नारायण जय नारायण जय नारायण कृष्ण हरे ॥
धारण गरी प्रभु मत्स्य शरीर बध गरी शङ्खासुर रणधीर ।
ब्रह्मालाई दिनुभो वेद धुनुभो सत्यव्रतको खेद ॥
डुब्यो मन्दरगिरि जलभित्र हुनु भो कच्छपरुप विचित्र।
लिनुभो पीठमा गरी मन्थन सिद्धभयो सब मन्थन काम ।
विधि मनु मुनिको बुझी सब भाव लिनुभो प्रभूले रुप बराह।
रसातलदेखि दितीसुत मारी ल्याउनुभो प्रभु पृथ्वी प्यारी ।।
खम्ब फुटाई अद्भुत दिव्य लिनुभो प्रभुले नरहरी रुप ।
मारी काञ्जन कश्यमलाई दिनुभो आश्रय प्रह्लादलाई।
कश्यप अदितीद्वारा दिव्य लिनुभो बामन बटुको रुप ।
तीन पद पृथ्वी वलिसँग मागी सुरपतिलाई दिनुभो नाघी॥
श्री जमदग्नि मुनिका पुत्र हुनु भो परशुराम विचित्र ।
हैहय कुल अरु दानव दुष्ट बध गरी सबको धुनभो कष्ट ।
दशरथ सुतभै लिई अवतार करुणा सागर रामवतार ।
राक्षस कुलको मूल उखेली दिनुभो सवमा शान्ति सयेली ।।
श्री वसुदेवको नन्दन रुप हुनुभो ईश्वर कृष्ण स्वरुप ।
कंश पछारी हरी भूभार निजजन तारी दिनुभो पार ॥
अज्ञहरूले यज्ञबहाना गरी पशु मारे अगणित नाना ।
बुद्ध बनी यो दिनु भो ज्ञान धर्म-अहिंसा – सत्य छ जान ।
जति जति कलिमा बढी अपराध बन्दछ वैदिक धर्म अनाथ।
आई ईश्वर कल्की बनेर मार्नु हुनेछ पातकी धेर ।