Bhajan LyricsNepali Bhajan Lyrics
जन्म हुन गो जन्म हुन गो – Janma Huna Go – Janma Utshav Bhajan – Lyrics
जन्म हुन गो जन्म हुन गो
जन्म हुन गो जन्म हुन गो, गोकुलमा कृष्णजी को जन्म हुन गो
कंसका कारागारमा जन्म हुन गो।
भाद्र मास कृष्ण पक्ष अष्टमी बुधवार,
कृष्ण को जन्म भयो कंस कारागार ।
जन्मभयो प्रभुजीको मध्य आधा रात मा,
माता पिता मात्र थिए हजरत साथमा।
जन्म हुनु गो जन्म हुन गो…
चतुर्भुज रुपलिई मुसुमुसु हास्दै,
प्रकट हुनुभयो प्रभु कामदेव जस्तै ।
शान्ति दिई वसुदेव माता देवकीलाई,
आज्ञा भयो प्रभुजीको गोकुल जाना।
जन्म हुनु को जन्म हुन गो…..
जान लागे वसुदेव बोकी कृष्ण लाई,
निद्रा ज्यादै पडगयो ढोके पालाई।
ढोका खुले उज्यालो भो जान लागे जब,
कष्ट न पाया वसुदेव गोकुल पुगे तब ।
जन्म हुनु गो जन्म हुन गो….
प्यार भगवानलाई नन्दजीका घरमा,
योगमाया लिई फर्के फेरी कारागारमा ।
ढोकाहरु बन्द भए रुइन् योगमाया
ढोक हरु बुझे सबै भन्दै अहा ! अहा !
जन्म हुन गो जन्म हुन गो..