Bhajan LyricsNepali Bhajan Lyrics

जय नारायण जय नारायण- Jaya Narayana – Nepali Bhajan Lyrics

जय नारायण जय नारायण

जय नारायण जय नारायण
जय नारायण जय राम हरे ।
जय नारायण कृष्ण हरे ।।

धारण गरी प्रभु मत्स्य शरीर
वध गरी शंखासुर रणधीर ।
ब्रह्मालाई दिनु भो वेद

धुनु भो सत्य व्रतको खेद ।।
डुब्यो मन्दर गिरी जल भित्र
हनु भो कच्छप रूप विचित्र ।
लिनुभो पिठा गिरी मन्थान
सिद्ध भयो सुर अमृत पान ||
जय नारायण जय नारायण…

विधि मनु मुनिको बुझी सब भाव
लिनुभो प्रभुले रूप बराह ।
रसातलदेखि दिति-सुत मारी
दिनुभो ल्याइ पृथिवी प्यारी ||
खम्ब फुटाई अद्भुत दिव्य
लिनुभो प्रभुले नरहरि रूप ।
मारी कञ्चन कश्यप लाई
दिनुभो आश्रय प्रह्लाद लाई ।।
जय नारायण जय नारायण..
कश्यप अदिति द्वारा दिव्य
लिनुभो वामन बटुको रूप ।

जय नारायण जय नारायण….

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
%d bloggers like this: