Bhajan LyricsNepali Bhajan Lyrics
नारायण नारायण नारायण बोल चेतन , नारायण बोल- Narayana Bol Chetan – Nepali Bhajan Lyrics
नारायण नारायण नारायण बोल चेतन , नारायण बोल।
नारायण नारायण नारायण बाल चैतन, नारायण बोल।
नारायण बोल …….
हरिकृपा भएमात्र भव तरिन्छ ।
नभए त संसारी भै तलै झरिन्छ ।
त्यसैले त वेद भन्छन्…..
नारायण बोल चेतन, नारायण बोल ||
साधना त आफ्नै हुन्छ अनि कृपा मिल्छ ।
प्रभु-कृपा बाटे हाम्रो यो जिन्दगी खिल्छ ।।
त्यसैले त शास्त्र भन्छन्
हरि हरि बोल चेतन, हरि हरि बोल ||
मुक्त हुनु बद्ध हुनु आफ्नै हातमा छ ।
भक्त बने प्रभुकृपा सधै साथमा छ ।।
त्यसैले त शिव भन्छन्……
राम राम बोल चेतन, राम राम बोल ।।
जीवन यो धन्य हुने शुभ मार्ग खोजौं ।
शरणागत बनी मुक्ति जाने धाम रोजी ।।
त्यसैले त सन्त भन्छ-….